images
  • खुकुरी देखाई अपहरण र कुटपिट गर्ने ५ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २७, मंगलवार १०:४२ गते
    images
    images
    images

    कञ्चनपुरमा एक व्यक्तिलाई खुकुरी देखाई धाकधम्की दिँदै कुटपिट गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुरका एक पुरुषलाई असोज २३ गते बेलुकी करिब ४ बजे सोही ठाउँको खजुवा जङ्गलमा लगेर खुकुरी देखाई धाकधम्की दिनुका साथै कुटपिट गरिएको थियो।

    उक्त घटनाको जानकारी असोज २४ गते बेलुकी इलाका प्रहरी कार्यालय बेलडाँडीमा प्राप्त भएपछि प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको हो। 

    पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका वडा नं. ९ रतनपुर बस्ने २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्। 

    पक्राउ परेका सबै जनामाथि “अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग एवम् अपमानजनक/अमानवीय व्यवहार सम्बन्धी“ कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्