• images

    अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमामा

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १६, बुधबार १६:२० गते
    images

    अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन मेनिन्जाइटिसका कारण अस्पताल भर्ना भएपछि कोमामा पुगेका छन्।

    ५४ वर्षीय मार्टिन शुक्रबार अचानक बिरामी परे र उनलाई क्वीन्सल्याण्डको अस्पतालमा भर्ना गरिएको छ।

    डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज शृङ्खला खेले। उनले २००६ मा तेस्रो टेस्ट अघि अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीका पनि हिस्सा थिए।

    क्रिकेट अष्ट्रेलियाका सीईओ टोड ग्रिनबर्गले मार्टिनको शीघ्र स्वास्थ्यलाभको कामना गरे। एक विज्ञप्तिमा उनले डेमियनको बिरामीको बारेमा सुनेर दुःखी भएको बताए।

    मार्टिनको परिवारको तर्फबाट, उनका नजिकका साथी तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले मार्टिनको अस्पतालमा उपचार जारी रहेको पुष्टि गरे।

    सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार, आगामी दिनहरूमा डेमियन मार्टिन कोमाबाट बाहिर निस्कने अपेक्षा गरिएको छ।

    मेनिन्जाइटिस एक संक्रमण हो जसले हाम्रो मस्तिष्क र मेरुदण्ड वरिपरि रहेका सुरक्षात्मक तहहरू (झिल्लीहरू) को सूजन निम्त्याउँछ।

    प्रतिक्रिया दिनुहोस्