• images

    जब ललितपुरको युएन पार्क नजिक ५ वटा सवारी एकैपटक ठोक्किँए

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २६, शुक्रबार ०५:३८ गते
    images

    उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ ।

    उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको होे ।

    स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यानसमेत ठोक्किन पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्