• images

    दाङको कौडिया पुलबाट यात्रुबाहक बस खस्यो

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २५, बिहीबार ११:५३ गते
    images

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबहाक बस खसेको छ । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटना २२ यात्रु घाइते भएको बताइएको छ ।

    घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्