• जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १६:५४ गते
    images

    जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।
    बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।
    उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्