• इजरायलद्वारा लेबनानमा अहिलेसम्मकै घातक हमला

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २४, मंगलवार २०:०८ गते
    images

    इजरायलमाथि लेबनानमा जारी हमलामा घातक फस्फोरस बम प्रयोग गरेको आरोप लागेको छ । लेबनानको न्युज एजेन्सीका अनुसार इजरायलले दक्षिण लेबनानको अयनाता इलाकामा फस्फोरस बमको प्रयोग गरेको हो ।

    फस्फोरस एक प्रकारको रसायन हो, जो असाध्यै खतरनाक र विषालु हुन्छ । यसबाट निस्किने धुँवासमेत असाध्यै हानिकारक हुन्छ । जब यो बम विस्फोट हुन्छ, तब तापमान समेत अत्यधिक बढेर २७६ डिग्री सेन्टिग्रेडसम्म पुग्छ ।

    यसबाट निस्किने साना साना कण सेतो धुवाँजसरी चारैतिर फैलिन्छन् । जहाँ यसको प्रयोग हुन्छ त्यहाँ अक्सिजन कम हुने भएकाले श्वास लिन समेत कठिनाइन हुने गर्छ । यसका कण शरीभित्र प्रवेश भएमा वा यसको सम्पर्कमा पुगेमा जलन हुने र मानिसको तत्कालै मृत्यु समेत हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्