• इरान–अमेरिका तनाव : ‘सम्पूर्ण सभ्यता नै समाप्त हुने’ ट्रम्पको चेतावनी

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २४, मंगलवार १९:५६ गते
    images

    वासिङ्टन, चैत २४ गते । अमेरिका र इरानबिचको तनाव उत्कर्षमा पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कठोर हमलाको चेतावनी दिनुभएको छ ।

    स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा खुला गर्नका लागि आफूले दिएको समयसीमा सकिनै लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै ‘आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुने’ धम्की दिनुभएको हो ।

    ट्रम्पको यो अभिव्यक्तिले मध्यपूर्वमा ठुलो युद्धको सङ्केत गरेको छ । अमेरिकाले इरानको रणनीतिक जलमार्गमा लगाएको अवरोध हटाउन केही घण्टाको मात्र समय बाँकी रहेको उल्लेख गर्दै उक्त चेतावनी दिएको अलजजिराले लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस्