• फिल्म हलहरुमा ग्राहकलाई पपकर्न र आइसक्रिम सेवा गर्छन रोबोटहरु

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र २, सोमबार १२:३१ गते
    images

    दक्षिणी चीनको शेन्जेनमा, रोबोटहरूले चलचित्र थिएटरहरूमा पपकर्न र बाहिरी बजारहरूमा आइसक्रिम सेवा गर्ने गरेका छन् । साथै उत्पादन प्लान्टहरूमा औद्योगिक क्षेत्रको सेवा समेत गर्ने गरेका छन् ।
    शहरको नानशान जिल्लाको एक सिनेमामा, डिओबिओटी कम्पनीको एक मानवीय रोबोटले चलचित्र हेर्नेहरूका लागि कपमा पपकर्न स्कूप गरिरहेको देख्न सकिन्छ । ति रोबोटहरुले १४ घन्टासम्म सेवा दिने गरेका छन् ।
    फिल्म हेर्न आएका एक व्यक्ति भन्छन्,‘मलाई रोबोट धेरै बुद्धिमानी लाग्यो र मलाई चिन्ता थियो कि यो पोखिन सक्छ, तर नतिजा एकदम राम्रो थियो। कपहरू कुनै पनि पोखिन बिना राम्रोसँग भरिएका थिए, जुन एकदमै अचम्मको थियो ।’
    शहरमा हालै आयोजित एक समारोहमा युवा आगन्तुकहरूलाई खुशी पार्न आइसक्रिम खुवाउन रोबोटहरू उपस्थित थिए।
    यस वर्ष, शेन्जेनका स्थानीय कम्पनीहरूले उड्डयन र नयाँ ऊर्जा सवारी साधन क्षेत्रमा मानवीरूपी रोबोटहरू विभिन्न उद्योगहरूमा प्रयोग भइरहेका छन्।
    गत वर्ष, शेन्जेनका उदीयमान उद्योगहरूले शहरको जीडीपीमा ४३ प्रतिशत योगदान पु¥याएका थिए जसमा एआई र रोबोटिक्सले लगभग ४० अर्ब अमेरिकी डलर राजस्व उत्पन्न गरेका थिए।(सीसीटीभीप्लस

    प्रतिक्रिया दिनुहोस्