• images

    सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३०, शनिबार १८:४६ गते
    images

    सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीय इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा शनिवार पनि प्रदर्शन गरिएको छ ।काठमाडौँको माइतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानुन निर्माण गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हुन् ।

    हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरू लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन् ।प्रदर्शनमा उत्रिएकाहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर लगायत लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।उनीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्