कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ। दूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) सहित बसोबास गरिरहेका र साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने नेपालीलाई पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो।
दूतावासका अनुसार साउदी अरेबिया हुँदै नेपाल यात्रा गर्न चाहनेहरूले दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्नुपर्नेछ। उक्त भिसा सेवा केन्द्र एजदान मल (अल घराफा) मा अवस्थित रहेको दूतावासले जनाएको छ।
पश्चिम एसियाको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले यो व्यवस्था गरिएको जनाएको छ। साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्न चाहने कतारस्थित नेपालीले आवश्यक प्रक्रिया पूरा गरी भिसा आवेदन दिन सक्नेछन्।
दूतावासले साउदी अरेबियाका विमानस्थल प्रयोग गरेर यात्रा गर्ने नेपाली नागरिकलाई आवश्यक कागजात र भिसा प्रक्रिया समयमै पूरा गरी मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ । थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्