रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल लगिएको छ ।
यस्तै २८ वर्षीय एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएकी छन् । उनीहरूको निधार, ढाड र कम्मरमा चोट छ । घाईते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्