इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा हालसम्म कम्तीमा ११२ जनाको मृत्यु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
इरानी समाचार संस्था तस्निम न्युज एजेन्सीलाई उद्धृत गर्दै उक्त जानकारी सार्वजनिक गरिएको हो ।कुर्दिस्तान प्रान्तीय आपतकालीन विभागका प्रमुखले आक्रमणमा कम्तीमा ९६९ जना घाइते भएको पनि बताएका छन् ।
उनका अनुसार हाल २७ जना सामान्य वार्डमा उपचाररत छन् भने पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यसैबीच, उत्तरी इराकको कुर्द क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले एक ड्रोन खसालेको बताइएको छ ।
अल जजिरा अरेबिकका अनुसार उक्त ड्रोनले सुलेमानियाह शहरमा रहेको कुर्द आन्तरिक सुरक्षा बल पेस्मेर्गा को ७० औं ब्रिगेडलाई लक्षित गरेको थियो ।

chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्