पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेखनीय विजय हासिल गरेकामा पाकिस्तानका प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
“यो बलियो जनादेशले नयाँ र गतिशील नेतृत्वमाथि नेपाली जनताको विश्वासलाई प्रतिबिम्बित गर्दछ । पाकिस्तान हाम्रो ऐतिहासिक मित्रता र सहयोगलाई अझ बलियो बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट काम गर्न तत्पर छ,” पाकिस्तानका प्रधानमन्त्री शरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन् ।

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्