रामेछाप नगरपालिका वडा नं. २ देउरालीमा निर्वाचन गराउन जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको छ।
स्थानीयका अनुसार गाडी पल्टिएको हो। उक्त गाडीमा निर्वाचन टोली तथा सुरक्षाकर्मी सवार रहेका थिए। दुर्घटनामा एक प्रहरीको ज्यान गएको पुष्टि भएको छ।
घटनापछि प्रहरी र स्थानीयबासी घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। अन्य घाइतेको अवस्था र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
यस घटनासम्बन्धी थप आधिकारिक जानकारी प्राप्त हुनेबित्तिकै अपडेट गरिनेछ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्