• धादिङको बेनिघाटमा बस दुर्घटना! १७ जनाको मृत्यु,२३ भन्दा बढी घाइते

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ११, सोमबार ०४:५१ गते
    images

    पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।
    धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।
    जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ ।


    अन्य २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

    नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेकाे छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्