ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट छुटेको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित तामाकोशीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलले जानकारी दिए ।अहिलेसम्म ६ जनाको शव फेला परेको छ,’ उनले भने, ‘सात जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी छ ।’
स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको उनको भनाइ छ । बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए ।उद्धारको काम जारी रहेकाले क्षतिको विवरण यकिन गर्ने काम भैरहेको उनले बताए । केहीलाई उद्धार गरेर अस्पताल पठाइएको उनको भनाइ छ ।
बसमा कति जना सवार थिए भन्ने यकिन भैसकेको छैन ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्