• चुनावी अभियानमा ढलेका सिटौलाको अवस्था बुझ्न ग्राण्डी पुगे बालेन

    images

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रम संक्षेप गर्दै शनिवार काठमाडौँ आइपुगेका छन्। निर्वाचन अभियानका क्रममा अछाममा घाइते भई उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्था’ जानकारी लिन उनी टोखास्थित ग्राण्डी अस्पताल पुगेका हुन्।

    अस्पतालमा भर्ना गरिएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले प्रत्यक्ष भेट सम्भव नभएपछि साहले उनका भाइ उमेश सिटौलासँग भेटघाट गरेका छन्। प्राप्त चिकित्सकीय सूचना अनुसार अवस्था जटिल रहेकाले परिवारका सदस्यलाई आइतबार बिहानसम्म धैर्य गर्न आग्रह गरिएको जनाइएको छ। त्यसपछि उनी वनस्थलीस्थित घण्टीघरतर्फ प्रस्थान गरेका थिए।

    अछाममा लडेर गम्भीर घाइते भएका सिटौलाको उपचार ग्राण्डी अस्पतालमा भइरहेको छ। चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीका अनुसार अस्पतालका चिकित्सकले शनिबारभरि स्वास्थ्य अवस्था’ आवश्यक जानकारी उपलब्ध गराउने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्