भर्खरै
मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु
डिसी नेपाल
१५ पुष २०८२ १५:०१
608
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonlinkedin sharing buttonsharethis sharing button
काठमाडौं। बुढानीलकण्ठ नगरपालिका-७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका-३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए।
उनले भने, “आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२-०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खादाँ चालक घाइते भएका थिए, निजलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो ।” उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ।

Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्