• images

    भारतमा सात नेपाली बालबालिकाको उद्धार, नेपाल ल्याउने तयारी हुँदै

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष १५, मंगलवार १२:०० गते
    images

    भारतका विभिन्न स्थानबाट सात जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती बालबालिकाहरुको उद्धार गरिएको हो ।

    जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।

    ‘उनीहरुलाई हामी स्वदेश फिर्ती गराउन लागेका छौं, सबै बालबालिकाहरू मधेस प्रदेशका रहेका छन् । परिवारसँगको पुनःमिलन गराउने कार्यक्रम राखिएको छ । यही बुधबार मधेस प्रदेश डिआइजी कार्यालयमा उनीहरुलाई परिवारसँग पुनःमिलन गराउनेछौं,’ जोशीले भने ।

    जोशीकै अगुवाइमा केही साताअघि भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्