• images

    ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २२, सोमबार १०:४४ गते
    images

    काठमाडौँ– नेकपा एमालेको ईश्वर पोखरेल समूहले पत्रकार सम्मेलन गर्ने भएको छ। एमाले महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहको प्रतिस्पर्धा हुने भएपछि पोखरेल समूहले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो समूहका कुरा राख्न लागेको हो।

    बागबजारको हार्दिक होटलमा बिहान ११ बजे पत्रकारहरूसँग भेटघाट भनेर बोलाइएको कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरू सहभागी हुने बताइएको छ।

    यसअघि एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा ओली निकटका एमाले पदाधिकारीहरूलाई बोलाएर ओलीको पक्षमा खुल्न लगाएको थियो। पोखरेललाई पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समूहले समेत साथ रहेको बताइन्छ।

    प्रतिक्रिया दिनुहोस्