• images

    एम्बुलेन्सबाट साँढे ५१ किलो गाँजा बरामद, चालक पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २२, सोमबार १०:३३ गते
    images

    सर्लाही । सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो।

    नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट यमुनामाई – ४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रहेका छन्। बरामद गरिएको गाँजा, एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्