• धनुषामा हवाई फायरगरी भारतीय लागुऔषध कारोबारी पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ८, शुक्रबार २२:०१ गते
    images

    धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

    शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

    धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षिय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षिय मिथिलेश साहु रहेका छन् ।

    प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।

    साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्