काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो ।
जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका बिशाल सुस्लिङ, र राहुल यादवले २÷२ विकेट हात पारे ।
लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।
आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।


Salina Magar 











प्रतिक्रिया दिनुहोस्