नेपालगन्ज। जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय मोटरसाइकल टिभीएस अपाचे RTR 160 4V को नयाँ र अत्याधुनिक संस्करण नेपालगन्जमा सार्वजनिक गरेको छ। नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा जगदम्बा मोटर्सका प्रतिनिधिहरूले संयुक्त रूपमा एक कार्यक्रमका बीच यो बाइक बजारमा ल्याएका हुन्।कम्पनीले यसलाई १६० सीसी वर्गकै सबैभन्दा शक्तिशाली मोटरसाइकल दाबी गरेको छ।
यसमा पहिलो पटक प्रोजेक्टर हेडलाइट, अपसाइड-डाउन (USD) सस्पेन्सन, र ५ इन्चको TFT डिजिटल डिस्प्ले जस्ता प्रविधिहरू जोडिएको छ। १५९.७ सीसी इन्जिन क्षमताको यो बाइकमा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोडहरू छन्, जसले अधिकतम १७.५५ PS सम्मको शक्ति दिन्छ।
सुरक्षाका लागि ड्युअल च्यानल ABS र १२ लिटरको इन्धन ट्याङ्की भएको यो बाइक म्याट कालो, रेसिङ रातो र मरिन नीलो रङमा उपलब्ध छ। नेपाली बजारका लागि यसको शोरुम मूल्य रु. ४,२९,९०० तोकिएको छ र यो हाल चयनित विक्रेताहरूमार्फत बिक्रीका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

chautaripatrika 














प्रतिक्रिया दिनुहोस्