• मन्त्री पुनलाई हर्कको कटाक्ष: नियम जनता बचाउने बनाउनुपर्छ

    • Bishnu GC Bishnu GC
    • २०८३ असार २७, शनिबार २१:५४ गते
    images

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्।

    ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका थिए।

    उनले जरिबाना ५० हजार गर्नुपर्ने र तिर्न नसके जेल बस्नुपर्ने बताएका थिए। यो अभिव्यक्ति विवादित भएपछि अध्यक्ष साम्पाङले नियम कानून भनेको जनता बचाउने खालको बनाउनुपर्ने बताए।

    उनले भनेका छन्, ‘महावीर दाइ, मान्छेको जीवन, जनताको जीवन भन्दा ठुलो हुँदैन के नियम कानून ! नियम कानून भनेको जनता बचाउने खालको बनाउनु पर्छ !

    प्रतिक्रिया दिनुहोस्