काठमाडौं – चलचित्र ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । नायक कार्कीको प्रवेशले चलचित्रको लाइनअप अझै बलियो बनाएको छ । चलचित्रमा विपिनको भूमिका के हुनेछ भन्ने नखुलाइए पनि मुख्य मध्येकै एक हुने बुझिएको छ ।
टंक बुढाथोकीको निर्देशन रहने चतलचित्रमा यस अघि नै नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी सहित कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् । पूजा र विपिनले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ ।
विपिनको प्रवेश पछि उत्साहित भएका निर्देशक वुढाथोकीले भने – ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं । उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो ।’ उनले चलचित्रमा दर्शकले विपिनलाई नयाँ अवतारमा देख्न पाउने समेत बताएका छन् ।
टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको छायाँकन चाडै नै सुरु गरिने जनाइएको छ । सामाजिक कथावस्तुमा निर्माण जनाइएको चलचित्रमा निर्देशक वुढाथोकीकै कथा र शिवम् अधिकारीको लेखन रहने छ ।
गतबर्ष रिलिजमा आएको चलचित्र ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्शन गरेको थियो । यही चलचित्रको सिक्वेलका रुपमा ‘मन विनाको धन २’ निर्माण हुँदैछ ।

chautaripatrika 















प्रतिक्रिया दिनुहोस्