काठमाडाैँ। भारतको उत्तर प्रदेश राज्यको लखनउमा क्याफे सञ्चालक शिवा शर्माको मृत्युको विषय सुल्झाउन स्थानीय प्रहरीलाई एकपछि अर्को चुनौती थपिँदै गएको छ ।मृतक शिवाको प्रेमिका भनिएकी मोडेल श्रद्धा दुवे आफ्नी बहिनी रश्मी र चालक तनवीर (दानिश)सहित फरार छिन् ।
घटना लगत्तै उनीहरू सुनौली बोर्डर हुँदै नेपाल प्रवेश गरेको भारतीय प्रहरीको भनाइ छ । यद्यपि उनीहरू अहिले नेपालबाट भारततिरै फर्किसकेको बताइएको छ ।
श्रद्धा केही समयका लागि उच्च अदालत लखनउमा आएको र अदालत परिसरमै आफ्नो कानुन व्यवसायीसँग भेट गरेर केही दस्तावेजमा हस्ताक्षर गरेर ‘एक्सप्रेस वे’ हुँदै आगरा र त्यहाँबाट सहारनपुर पुगेको जनाइएको छ ।
आइतबार साँझ श्रद्धाले एक समाचार एजेन्सीसँग कुरा गरेको भिडियो सार्वजनिक भएको छ, जसमा उनले आफू निर्दोष रहेको बताएकी छन् ।
उनले शिवाको हत्या नभएको दाबी गर्दै शिवाको मृत्युलाई ‘आत्महत्या’ भनेकी छन् ।
श्रद्धाकै घरको चौथो तलाबाट खसेर शिवाको मृत्यु भएको थियो । शिवाकी आमाले प्रहरीमा श्रद्धासहित तीन जनाविरुद्ध जाहेरी दिएकी छन् ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्