images
  • धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १५, सोमबार ०८:११ गते
    images
    images
    images

    बाजुरा । धनगढीबाट वेपत्ता भएका बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी भेटिएका छन्। अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्दै आएको जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए ।

    कोठाबाट निस्किएको दिनदेखि वेपत्ता रहेका उनी आज फेला परेको उनका आफन्त दाजु धर्म जैशीले जानकारी दिए ।उनका अनुसार वेपत्ता बालकलाई दिपायल डोटीमा फेला पारेको जानकारी दिए।डोटीको पिपल्ला बजार सनलाइट होटलका साहुजी रमेश बमसँग सहि सलामत उनी फेला परेका हुन् । वेपत्ता बालकलाई देख्ने बित्तिकै खबर गर्ने होटलका साहुजीलाई आफन्तले धन्यवाद दिएका छन्।

    साथै खोजी कार्यमा सहयोग गर्ने सम्पुर्ण मिडियाकर्मि, आफन्तजन, नेपाल प्रहरी लगायत सम्पुर्णमा बालकका दाजु धर्म जोशीले धन्यवाद दिएका छन्। बालक धनगढीस्थित पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत छन् ।

    प्रतिक्रिया दिनुहोस्