• नेपालमा रहेको  प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल 

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १३, शनिबार १४:१६ गते
    images

    अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ।

    हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदूतहरूसँग बृहत् छलफल गरे ।

    ‘विश्वभरका संस्थागत लगानीकर्ताले किन नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउने, र त्यो निर्णय सहज बनाउन नेपालले कस्तो वित्तीय वातावरण र लगानी संरचना निर्माण गर्नुपर्छ ?’ भन्ने विषयमा छलफल केन्द्रित थियो।

    यही मूल प्रश्नलाई केन्द्रमा राखेर अमेरिकन च्याम्बर अफ कमर्श (एमच्याम)नेपाल र क्रस रिभर बैंकको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको थियो। छलफलमा सहभागीहरुले नेपालसँग पूँजीको अभाव नरहेको तर त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने वित्तीय संयन्त्रको अभाव रहेको औंल्याए ।

    नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। बैंकिङ प्रणालीमा खरबौँ रुपैयाँ बराबरको निक्षेप छ भने सञ्चय कोष, पेन्सन कोष तथा बीमा कम्पनीहरूसँग १३ अर्ब अमेरिकी डलरभन्दा बढी बराबरको पूँजी न्यून प्रतिफल दिने मुद्दती निक्षेपमा थन्किएको छ। यति ठूलो वित्तीय स्रोत हुँदाहुँदै पनि नेपालले अपेक्षाअनुसार प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस्