• विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १३, शनिबार ००:२४ गते
    images

    राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक विहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।

    बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।

    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश सभाको अर्थ अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्