• चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ६, शनिबार २३:१० गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।

    सभापति लामिछानले बैठक आज (शनिबार) दिउसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीको हलमा बस्ने गरी आह्वान गरेका हुन् ।

    चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

    आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ । यसैगरी, महाधिवेशनमा प्रस्तुत प्रतिवेदका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत छलफल हुने कार्यसूची तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्