• दुई संसदीय समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २९, शुक्रबार २१:३६ गते
    images

    दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

    सार्वजनिक लेखा समितिको सातौँ बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बस्ने भएको छ ।

    बिहान ८ः३० बजे बस्ने सार्वजनिक लेखा समितिको सातौँ बैठकमा लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेका छ ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं (५औं) बैठक बिहान ९ बजे बस्ने भएको छ ।

    बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्