• राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ : अध्यक्ष घिसिङ

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २७, बुधबार २२:४८ गते
    images

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए।

    उनले भने, ‘राजनीतिमा लागेपछि धेरै कुरा जान्नुपर्ने रहेछ। षड्यन्त्र गर्न पनि जान्नुपर्ने रहेछ। हामी षड्यन्त्र गर्ने परेनौं। षड्यन्त्रमा फस्यौं। अब षड्यन्त्र होइन, हामी यो देशको एउटा सशक्त पार्टीको रुपमा र शक्तिको रुपमा जनताको विश्वास कमाएर हामी स्थापित हुने छौं।’

    त्यस्तै उनले उनेपाले चुनाव हारेपनि पार्टीप्रतिको विश्वास बढेकाले देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर पनि चलेको धारणा राखे। आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने उनले दाबी गरे।

    उनले भने, ‘आज चुनाव हारेको पार्टी हामी। संसदमा एकजनापनि छैनौं। तर देशैभरी उज्यालो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ। त्यो त्यत्तिकै चलेको छैन। उज्यालो पार्टीको भविष्य र यसको नेतृत्व देखेर आउनुभएको होला। उहाँहरुको जुन विश्वास छ, हामीले त्यो विश्वासलाई अगाडि बढाएर आगामि निर्वाचनमा र त्यसपछिका निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई एक नम्बर पार्टी बनाएर मात्र बिश्राम लिने छौं।’

    अध्यक्ष घिसिङले एक्लै भएपनि पार्टीलाई चलाउने र कुनै पार्टीसँग गएर नमिसिने प्रतिबद्धता जनाए। साथै पहिले लालकिल्ला भनेर चिनिने रामेछाप जिल्ला अहिलेको उज्यालोको किल्ला भएको उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस्