• लापरबाही गरेर मोटरसाइकल चलाएका हर्क साम्पाङलाई ट्राफिक प्रहरीको कारबाही

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २५, सोमबार १९:०१ गते
    images

    लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ ।

    सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो ।सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा उनलाई आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    काठमाडौं । लापरबाही तरिकाले मोटरसाइकल हाँकेपछि प्रहरीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) लाई कारबाही गरेको छ ।

    सांसदसमेत रहेका साम्पाङलाई प्रहरीले आज कारबाही गरेको हो ।सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा उनलाई आवश्यक कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ,” प्रहरीले भनेको छ ।

    साथै, यस्ता ट्राफिक नियमविपरीत गतिविधि नगर्न नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई सचेत र जिम्मेवार बन्न प्रहरीले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्