• दुई संसदीय समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २५, सोमबार १५:३६ गते
    images

    आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

    आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

    सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

    आजको बैठकमा नागढुङ्गा—सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ ।

    यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्