• रास्वपाको जिल्ला अधिवेशन सुरु, शनिबार ३६ जिल्लामा हुँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २३, शनिबार १२:०१ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ ।

    आज (शनिबार)देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र गण्डकी प्रदेशका ५ जिल्लामा अधिवेशन हुने भएको छ । यसैगरी, लुम्बिनी प्रदेशका ८ जिल्लामा, कर्णाली प्रदेशका २ जिल्लामा र सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

    यस्तै, भोलि (आइतबार) देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने भएको छ ।भोलि कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

    संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ ।योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्