• सशस्त्र प्रहरीका असई र युवती मृत फेला

    images

    एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल १५ नं हेड क्वार्टर, पाँचखालमा कार्यरत असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सलको पासो प्रयोग गरी एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । शव लामो समयदेखि त्यही अवस्थामा रहेको अनुमान गरिएको छ । शव सडेको अवस्थामा फेला परेकाले केही अंग चुँडिएर जमिनमा खसेको तथा टाउको झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्