• रास्वपा सचिवालयको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १८, सोमबार १९:३९ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

    हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक आज (सोमबार) बिहान ८ बजेका लागि सारिएको हो । बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएको थियो ।

    संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्