• मन्त्रिपरिषद्ले गर्यो २०८३/८४ को बजेट पारित

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:३४ गते
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ ।
    आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
    उनले भने,‘आज बजेट भएको हुनाले एउटा मात्र मुख्य निर्णय गरियो । बजेट वक्तव्य संसदमा पेस गर्नको लागि स्विकृत भएको छ ।’
    बजेट स्वीकृतसँगै अर्थमन्त्री डा. वाग्ले संसद भवन पुगेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेको हो ।
    अर्थमन्त्री डा. वाग्लेले अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेक्रममा ब्रिफकेस नभइ नेपाली कागजबाट बनेको फाइल बोकेर संसद्मा प्रस्तुत हुने कार्यक्रम तय भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्