• Untitled

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख १७, बिहीबार १८:३९ गते
    images

    रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, जीप करिब ८०० मिटर तल खसेको छ ।

    रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार (वैशाख १७) दिउँसो दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थलमा खटिएको भए पनि दुर्गम भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

    थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
    लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्