images
  • रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २५, आईतवार ११:०० गते
    images
    images
    images

    रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित बोक्से पहरामा स्कारपियो गाडी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । श्रीमान् भने घाइते भएका छन्। 
    आइतबार बिहान सदरमुकाम मन्थलीबाट  हटौँडा जाँदै गरेको निजी स्कारपियो मन्थली–खुर्कोट सडक खण्डको बोक्से पहराबाट तामाकोशी नदीमा खस्दा उनीहरुको ज्यान गएको हो। दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। 
    गाडी अप्ठ्यारो भिरमा अड्किएको हुँदा उद्धारमा कठिनाइ भएको र हाल महिलाको शव निकालिएको प्रहरीले जनाएको छ। घाइते भएका उनका श्रीमान् उत्तम चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। गाडी नम्बर भने भिरमा अड्किएको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्