अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र समुन्द्री जलमार्ग होर्मुज (होर्मुज जलमार्ग) खुला नगरे कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन्। विश्वको तेल आपूर्तिका लागि अत्यन्तै संवेदनशील मानिने यस जलमार्गमा इरानले अवरोध खडा गरेपछि ट्रम्पको यस्तो कडा अभिव्यक्ति आएको हो।
ट्रम्पले भनेका छन् ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ ।’व्यापी ऊर्जा आपूर्तिको मुख्य नसा मानिन्छ, जहाँ अवरोध सिर्जना हुँदा अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति र मूल्यमा ठूलो असर पर्ने गर्छ।
सामाजिक सञ्जालमार्फत उनले भने, ‘यदि इरानले ४८ घण्टाभित्र होर्मुज जलडमरू पूर्ण रूपमा खोल्दैन भने अमेरिका उनीहरूको विभिन्न विद्युत् केन्द्रहरू सबैभन्दा ठूलोबाट सुरु गर्दै नष्ट गर्नेछ।’ यो चेतावनीसँगै इरानमा नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित ऊर्जा पूर्वाधारमा अमेरिकी आक्रमण विस्तार हुन सक्ने संकेत देखिएको छ।
इरानी आक्रमणको जोखिमका कारण अधिकांश जहाजहरू होर्मुज जलडमरू पार गर्न सकिरहेका छैनन् । विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरल प्राकृतिक ग्यास आपूर्ति हुने यो जलमार्ग अवरुद्ध हुँदा विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने देखिएको छ। गत साता युरोपमा ग्यास मूल्य ३५ प्रतिशतसम्म बढेको थियो।
गत साता इरानले इजरायलको आक्रमणको जवाफस्वरूप कतारस्थित रास लाफानमा प्रहार गरेको थियो। उक्त आक्रमणबाट विश्वको ठूलो हिस्सा ग्यास प्रशोधन हुने केन्द्रमा क्षति पुगेको र मर्मतमा वर्षौं लाग्ने बताइएको छ । द्वन्द्व थप चर्किँदै जाँदा इजरायली पक्षले इरानले पहिलोपटक लामो दूरीका क्षेप्यास्त्र प्रयोग गरेको जनाएको छ।

chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्