अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रस्ताव गरिएका सम्भावित युद्धविरामका सर्तहरू पर्याप्त नभएको बताएका छन् ।एक अन्तर्वार्ताका क्रममा उनले इरान सम्झौताका लागि इच्छुक देखिए पनि हालका सर्तहरू आफूलाई स्वीकार्य नभएको स्पष्ट पारे । आगामी सम्झौता ‘बलियो र स्पष्ट’ हुनुपर्नेमा उनले जोड दिएका छन् ।
ट्रम्पले युद्धविरामका लागि इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी महत्त्वाकांक्षा पूर्ण रूपमा त्याग्नुपर्ने प्रतिबद्धतालाई मुख्य सर्त बनाउन सक्ने सङ्केत गरे । यद्यपि, उनले आफ्ना सबै सर्तहरूको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेको करिब दुई हप्तापछि राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । ती आक्रमणका कारण विश्वव्यापी जहाज आवागमनमा अवरोध हुनुका साथै तेलको मूल्यमा वृद्धि भई विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्