• images

    इनिशा बिकको न्यायको लागि लड्न ऋषि धमला पुगे सुर्खेत

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३०, शनिबार १८:५९ गते
    images

    ऋषि धमलाले बलात्कारपछि हत्या भएकी सुर्खेतकी इनिशा बिकको न्यायको लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धमला इनिशाको परिवारलाई भेट्न सुर्खेत पुगेको बेलामा यस्तो प्रतिबद्धता जनाएका हुन् । धमलाले इनिशाकी आमालाई छोरीको न्यायको लागि आफू सधैं साथमा रहने र अन्तिमसम्म लड्ने विश्वास दिलाए । उनले भने,‘तपाईंको छोरीलाई न्याय दिलाएरै छोड्छु । इनिशा मेरो पनि छोरी हुन् । यो घटनामा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

    धमलाले अब संविधान संशोधन गरेर भएपनि बलात्कारीहरुलाई उम्किन नदिने बताए । उनले भने,‘म एउटा अभियानमा छु, अब यो देशमा ऐन, कानुन र संविधान संशोधन गरेर भएपनि बलात्कारीहरुलाई कस्तो कारबाही गर्ने भन्ने बहस सुरु भएको छ, फाँसीको सजाय हुनुपर्छ भन्ने जनमत देखिएको छ, त्यसको लागि के के गर्नुपर्छ भन्नेमा हामी लागेका छौं ।’ इनिशा बिकको बलात्कारपछि हत्या प्रकरणमा सारा नेपाली पीडामा रहेको र सबै जनताको आँखामा आँशु रहेको स्मरण गराउँदै उनको न्यायको लागि सिंगो देश एक ठाउँमा उभिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्