• चर्चित लोक गाएक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २१, बुधबार १६:४० गते
    images

    गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।

    पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको कार दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी दधिराम न्यौपानेका अनुसार, सिद्दार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटनामा परेको हो ।
    उक्त कारमा चार जना सवार थिए । गायक शर्मासहित चारै जना सामान्य घाइते भएको र कारको अगाडिको भागमा क्षति पुगेको एसपी न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्