मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच विश्वकै संवेदनशील समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा तेल बोकेको एक अन्तर्राष्ट्रिय जहाजमाथि आक्रमण भएको छ। आक्रमणको निशानामा परेको जहाज भारतको गुजरात राज्यतर्फ आउँदै गरेको बताइएको छ।
थाइल्याण्डको स्वामित्वमा रहेको ‘मयूरी नारी’ नामको उक्त जहाज ओमानको समुद्री तटबाट करिब ११ नटिकल माइल उत्तरतर्फ रहँदा आक्रमणमा परेको हो। जहाज संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित खलिफा बन्दरगाहबाट प्रस्थान गरी भारततर्फ गइरहेको थियो।
थाई नौसेनाका अनुसार अज्ञात प्रोजेक्टाइल ठोक्किएपछि जहाजमा आगलागी भएको थियो। आगलागीका कारण जहाजको सञ्चालनमा गम्भीर समस्या आएको बताइएको छ।

Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्