• इराकमा अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमान दुर्घटना, चार जनाको मृत्यु

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २९, शुक्रबार १७:०३ गते
    images

    इराकमा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अमेरिकी केन्द्रीय कमान्डले पुष्टि गरेको छ ।इराकमा अमेरिकी सेनाको के सी-१३५ इन्धन भर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।
    “मार्च १२ मा लगभग २ बजे पश्चिमी इराकमा अमेरिकी के सी-१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भयो । उद्धार प्रयास जारी रहँदा विमानमा रहेका छ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ,” अमेरिकी केन्द्रीय कमान्डले एक्समार्फत भनेको छ ।

    अमेरिकी केन्द्रीय कमाण्डका अनुसार घटनाको कारण अनुसन्धान भइरहेको छ । कमाण्डले यो पनि भन्यो, “विमान दुर्घटना शत्रु वा हाम्रो आफ्नै सेनाको कारणले भएको थिएन ।”

    प्रतिक्रिया दिनुहोस्