• २४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २९, शुक्रबार १५:१० गते
    images

    इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको यस आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको बताइएको छ ।

    इजरायली वायुसेना (आइएएफ) का अनुसार सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौँ लडाकु विमानले एक दिनभित्र तीव्र आक्रमण अभियान सञ्चालन गरेका थिए । आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरूलाई लक्षित गरी धेरै हतियार प्रयोग गरिएको बताइएको छ ।
    आइएएफले ‘रोअर अफ द लायन’ नामक अभियान सुरु भएयता इजरायलतर्फ हुने सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले इरानका विभिन्न सैन्य पूर्वाधारहरूमा सयौँ आक्रमणात्मक उडान सञ्चालन गरिएको जनाएको छ ।

    यसअघि इजरायली रक्षा बल (आइडिएफ) ले इरानी शासनले आणविक हतियार क्षमता विकास गर्न प्रयोग गरेको दाबी गरिएको ‘तालिबान’ नामक परिसर नष्ट गरिएको जानकारी दिएको थियो । उक्त परिसर सन् २००० को दशकमा सञ्चालन गरिएको गोप्य ‘एएमएडी परियोजना” अन्तर्गत उन्नत विस्फोटक विकास र संवेदनशील परीक्षणका लागि प्रयोग गरिएको आइडिएफले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्