कुवेतको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। अल जजिराका अनुसार उक्त आक्रमणका कारण केही कर्मचारी सामान्य घाइते भएका छन् भने यात्रु भवनमा भौतिक क्षति पुगेको छ।
नागरिक उड्डयनको प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार घटनामा केही कर्मचारीलाई सामान्य चोट लागेको छ र यात्रु टर्मिनल भवनको केही भागमा आंशिक क्षति पुगेको छ।
प्राधिकरणका आधिकारिक प्रवक्ता अब्दुल्लाह अल-राजीले घटना लगत्तै स्वीकृत आपतकालीन प्रक्रिया लागू गरिएको जानकारी दिए।
उनका अनुसार सम्बन्धित निकायहरूले तुरुन्तै घटनास्थल सुरक्षित गर्दै स्थिति नियन्त्रणमा लिएका थिए।


Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्