• images

    निर्वाचका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ४, सोमबार १७:३९ गते
    images

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् ।

    सोमबार सामुदायिक स्तरमा नागरिक संघसस्थाको पुर्नजागरण र सुदृढिकरण संवाद कार्यक्रममा बोल्दै उनले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र नागरिक संस्था सबै अग्रसर भएर तिब्र गतिमा काम गरिरहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र नागरिक संस्था सबै अग्रसर भएर तिब्र गतिमा काम गरिरहेका छन् ।’

    मन्त्री श्रेष्ठले सुरक्षाका लागि मात्र नभएर निर्वाचमा महिला ज्येष्ठ नागरिक र अपांग भएका व्यक्तिलाई सुनिश्चित छ कि छैन भनेर मतदान केन्द्रमा जानकारी लिएको समेत बताइन् ।

    ‘सुरक्षाका लागि मात्र नभएर निर्वाचमा महिला, ज्येष्ठ नागरिक र अपांग भएका व्यक्तिलाई सुनिश्चित छ कि छैन भनेर मतदान केन्द्रहरुमा जानकारी लिएको छु । महिला, ज्येष्ठ नागरिक र अपांग व्यक्तिहरुलाई के कस्तो सुविधा छ भनेर चेक लिस्ट बनाएर दिएका छौं ,’ उनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्